मन्त्री घिसिङद्वारा चोभार गल्छी क्षेत्रको निरीक्षण

मन्त्री घिसिङद्वारा चोभार गल्छी क्षेत्रको निरीक्षण

काठमाडौं एक्सप्रेस

काठमाडौँ,। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ तथा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले आज चोभार गल्छी क्षेत्रको निरीक्षण गरेका छन् ।

मन्त्री घिसिङले धोबीखोला, मनोहरा, विष्णुमती, वाग्मती करिडोरलगायत क्षेत्रको अवलोकन गरी ती क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिएका हुन् । सो क्रममा उनले नदी किनारका बस्तीका बासिन्दालाई सतर्क भएर बस्न आग्रह गरेको मन्त्री घिसिङको निजी सचिवालयले जनाएको छ ।

Logo