काठमाडौं प्रशासनले एमालेलाई दिएन प्रदर्शनको अनुमति

काठमाडौं प्रशासनले एमालेलाई दिएन प्रदर्शनको अनुमति

काठमाडौं एक्सप्रेस

काठमाडौं,। जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा (एमाले)ले भोलि गर्ने भनिएको प्रदर्शनका लागि स्वीकृति नदिने भएको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सुरक्षा जोखिम बढ्ने भएकाले कुनै पनि समूहलाई प्रदर्शनको अनुमति नदिने निर्णय भएको जानकारी दिएका हुन् ।

प्रशासनको सूचनामा कुनै निश्चित सूमह तोकिएको छैन । तर, फरकफरक समूहले भोलि काठमाडौंका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली तथा सभा गर्ने सूचना प्राप्त भएको प्रशासनले जनाएको छ ।

अहिलेको अवस्थामा र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने र आमनागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलता हुने भएकाले प्रदर्शनको अनुमति नदिइने प्रशासनको भनाइ छ । प्रशासनले पूर्वस्वीकृतिबिना कुनै पनि प्रकारका कार्यक्रम नगर्नरनगराउन पनि भनेको छ ।

Logo