राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने

राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने

काठमाडौं एक्सप्रेस

Pictures from the match between Malaysia and Nepal during the Bilateral Series Malaysia Women vs Nepal Women T20i 2025 Bayuemas Oval on October 02, 2025 in Klang, Selangor, Malaysia. Photo by Peter Lim/PhotoDesk.com.my for Malaysian Cricket Association

काठमाडौँ, । मलेसियन क्रिकेट सङ्घको आयोजनामा क्वालालम्पुरमा हुने ‘एमसिए वुमन्स इन्टरस्टेट टी–२० च्याम्पियनसिप’मा राष्ट्रिय महिला टोलीका ६ खेलाडी सहभागी हुने भएका छन् ।

आगामी कात्तिक १ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा सीता राना मगर, कविता जोशी, राजमती ऐरी, रुबिना क्षेत्री, पूजा महतो र कविता कुवरले सहभागिता जनाउने नेपाल क्रिकेट सङ्घ ९क्यान० का प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

नेपाली महिला टोलीले यसअघि पनि मलेसियामा नै सुपर वुमन सिरिज खेलेको थियो । त्यसपछि नेपाली महिला टोलीले मलेसियासँग पाँच खेलको टी–२० शृङ्खला खेलेको थियो । उक्त शृङ्खला नेपाली महिला टोलीले ३–२ ले जितेको थियो ।

Logo