हमासको कब्जामा रहेका कञ्चनपुरका जोशी जीवित नरहेको पुष्टि

हमासको कब्जामा रहेका कञ्चनपुरका जोशी जीवित नरहेको पुष्टि

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । विगत दुई वर्षदेखि प्यालेस्टाइनी समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपीन जोशी जीवित फर्कने आशा करिब निराशामा परिणत भएको छ । इजरायलका अधिकारीले जोशी जीवित नरहेको पुष्टि गरेका इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

इजरायली अधिकारीले नेपाली राजदूतावासलाई सम्पर्क गरेर जोशी जीवित नभएको जानकारी दिएका नेपाली दूतावासले उल्लेख गरेको छ । हमास समूहले इजरायलको किबुल आलुमिमबाट विसं २०८० असोज २३ मा जोशीलाई अपहरण गरेको थियो ।

नेपालका लागि इजरायलका पूर्वराजदूत हनान गोदरले पनि जोशी जीवित नरहेको सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जालका लेखेका छन्, “विपीन जोशी अब हामीमाझ रहेन । दुई वर्षको आशा अब समाप्त भएको छ ।”

इजरायली सञ्चारमाध्यमले पनि जोशी जीवित नरहेको स्पष्ट पारेका छन् । जोशी सन् २०२३ मा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि तालिमका लागि इजरायल जानुभएको थियो ।

Logo