पाँचथर, । पाँचथरको याङवरक गाउँपालिका(६ परेवाडाँडाका ९७ वर्षे जसबहादुर खेवाङले भ्यू-टावर निर्माण गरी गाउँलाई उपहार दिएका छन् । बेलायती सेनाबाट ५० वर्षअघि सेवा निवृत्त भएका खेवाङ निरन्तर गाउँमै बसेर सामाजिक क्षेत्रमा योगदान दिँदै आएका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग नजिकै परेवाडाँडाबाट पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न भू-भागको दृश्यावलोकन गर्न सकिने भएपछि खेवाङले भ्यू-टावर निर्माण गरेका हुन्।
व्यक्तिगत रु १५ लाखको लागतमा निर्माण गरिएको भ्यू(टावरको सोमबार खेवाङ र याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोले उद्घाटन गरे । खेवाङको ९७औँ जन्मदिनको अवसर पारेर याङवरक गाउँपालिका(६ को कार्यालय र स्थानीयवासीले भ्यू(टावरको उद्घाटन तथा खेवाङलाई शुभकामना दिने कार्यक्रम आयोजना गरेका थिए ।
खेवाले गाउँमा आइपर्ने सबै समस्यामा आर्थिक र नैतिक सहयोग गरेर ठूलो योगदान दिएका कारण जन्मदिनको अवसरमा सम्मान गरिएको याङवरक(६ का वडाध्यक्ष अमृतबहादुर योङहाङले वताए । खेवाङले कमजोर आर्थिक अवस्थाका गाउँलेहरुको स्वास्थ्योपचार, काजकिरिया, सामाजिक पूर्वाधार निर्माणमा निरन्तर सहयोग गर्दै आएको वडाध्यक्ष योङहाङले वताए ।
याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोले वयोवृद्ध खेवाङले बेलायतमै बस्ने अवसर भए पनि त्यसलाई छोडेर गाउँको सेवामा ५० वर्षदेखि क्रियाशिल हुनु समग्र गाउँपालिकाका लागि भाग्यको कुरा भएको बताए । “उनले गाउँका हरेक क्षेत्रका योगदान दिएको छ”, उपाध्यक्ष मेन्याङ्बोले भने, “उनको आफ्नो जीवनशैली पनि उदाहरण र प्रेरणादायी छ ।”
खेवाङका दुई छोराहरु गणेशबहादुर र दलबहादुर पनि बेलायती सेनामै काम गरी क्रमशः लेफ्टिनेन्ट र गोरखा मेजर पदबाट सेवा निवृत्त भएको छ । विसं १९८६ असोज २७ गते ताप्लेजुङको थिङलाबूमा जन्मनुभएका खेवाङको परिवार विसं २००५ देखि पाँचथरको चित्तोकमा बस्न थालेको थियो । सोही वर्ष खेवाङ भारतको दार्जिलिङस्थित जलपहाड बेलायती सेनामा भर्ना हुनुभएको थियो । विसं २०३२ मा सेवा निवृत्त भएपछि खेवाङ परेवाडाँडामा आइ बसोबास गर्दै आएको छ ।
खेवाङको परिवारका कतिपय सदस्य बेलायतमै छन् । आफू पटक–पटक घुम्न बेलायत गए पनि बस्न मन नलागेको उनको भनाइ छ । “मलाई यहाँ गाउँमै बस्न, गाउँले जीवनशैलीमा रमाउन मन लाग्छ”, खेवाङले भने, “मलाई मेरा ब्याजीहरुले धरान, काठमाडौँ, दार्जिलिङलगायत ठाउँमा बसौँ भनेका थिए । तर मलाई यहाँ ९परेवाडाँडा० मै बस्ने सहज लागेर बसेको हुँ ।”
आफूले गाउँका लागि सक्दो सहयोग गर्ने गरेको र यसमा सबै गाउँलेहरु खुसी भएको उहाँको भनाइ छ । खेवाङले भने, “परेवाडाँडाबाट धेरै ठाउँको दृश्य राम्रो देखिने भएकाले भ्यू–टावर बनाइदिएको हुँ ।” भ्यू-टावरमा विश्रामस्थल, मोबाइल चार्ज गर्ने व्यवस्थासमेत मिलाइएको छ । भ्यू-टावरबाट तेह्रथुमको आठराई, ताप्लेजुङका दर्जनौँ गाउँहरु तथा पाँचथरतर्फ नेपाल(भारत सीमा चिवाभञ्ज्याङसम्मका दृश्य देख्न सकि
प्रतिक्रिया