आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित

आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । नेपाल वातावरण पत्रकार समूह नेफेजका पूर्वअध्यक्ष रोशनी अधिकारी पाठक अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ आइयुसिएन को क्षेत्रीय परिषद् सदस्यमा निर्वाचित भएको छ ।

अधिकारी सन् २०२६–२०२९ का लागि आयुसिएनको पूर्व र दक्षिण एसिया क्षेत्रीय परिषद् सदस्यका रूपमा निर्वाचित भएको संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । यही अक्टोबर ९ देखि १५ तारिखसम्म अबुधाबीमा सम्पन्न आयुसिएन विश्व संरक्षण महासभाका क्रममा भारत, चीन, पाकिस्तान, मलेसिया, जापान र नेपालका सात उम्मेदवारबीच पाँच क्षेत्रीय परिषद् सङ्ख्याका लागि प्रतिस्पर्धा भएको थियो ।

उक्त महासभाले सन् २०२६–२०२९ अवधिका लागि नयाँ नेतृत्व र देशीय प्रतिनिधिको निर्वाचन सम्पन्न गरेको छ । संयुक्त अरब इमिरेट्सका रजान खलिफा अल मुबारक पुनः दोस्रो कार्यकालका लागि आयुसिएनको अध्यक्ष पदमा सन् २०२६–२०२९ अवधिका लागि निर्वाचित भएका छन् ।

Logo