पुरुष भलिबलः नेपाल तुर्कमेनिस्तानसँग पराजित

पुरुष भलिबलः नेपाल तुर्कमेनिस्तानसँग पराजित

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । बङ्गलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित भएको छ ।

ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा नेपाल तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको हो ।

तुर्कमेनिस्तानले नेपाललाई पहिलो सेट २५(२२ ले पराजित गरेको छ भने खेलको दोस्रो सेटमा २५-१८ र तेस्रो सेटमा २७-२५ ले पराजित भएको हो । अब नेपालले आफ्नो दोस्रो खेलमा भोलि घरेलु टोली बङ्गलादेशसँग खेल्नेछ ।

Logo