मध्यविन्दु नवलपरासी। नवलपरासी बर्दघाट सुस्ता पूर्व०को विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टामा देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
देउसी भैलो खेल्न आएको युवाहरूको कुटपिटबाट सोही ठाउँका ४४ वर्षीय सन्तबहादुर ठाडा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए । बिहीबार राति देउसी भैलो खेल्दै दुमकट्टा गाउँमा पुगेको समूहका केही युवाले नाचगानकै क्रममा सन्तबहादुरलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घाइते सन्त बहादुरलाई उपचारका लागि स्थानीय लुम्बिनी मेडिकल सर्दि लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक नेपालले जनाकारी दिए ।
घटनामा संलग्न रहेको आशंकामा तीन युवालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरीक्षक थमनसिंह रानाले बताउनुभयो । पक्राउ पर्नेहरूमा विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टाका १९ वर्षीय रिङकु गुरुङ, २० वर्षीय धरन पाइजा मगर र एक जना १७ वर्षीय किशोर रहेका छन् । मृतकको शवलाई पोस्टमार्टमका लागी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया