काठमाडौँ,। प्रधानसेनापति अशोक राज सिग्देलले संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज क्याब्रिअन पट्रोल २०२५’ मा स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई आज प्रशंसा पदक प्रदान गर्नुभएको छ ।
सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा उक्त अभ्यासमा सहभागीलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ पदकबाट सुशोभित गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
अन्तरराष्ट्रिय स्तरको सैनिक प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन पु¥याएको योगदानको उच्च मूल्याङ्कन स्वरूप सहभागी नौ जना प्रतियोगी र एक जना व्यवस्थापकलाई प्रशंसा निशानद्वारा सम्मान गरिएको हो । गत असोज १७ गतेबाट २६ गतेसम्म बेलायतको वेल्स, ब्रेकनमा सञ्चालन भएको उक्त अभ्यासमा ३३ राष्ट्रका ११७ वटा टोलीको सहभागिता थियो ।



प्रतिक्रिया