काठमाडौं, । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँ घटेको हो ।योसँगै आजका लागि सुन प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन २ लाख ४१ हजार ९ सय रुपैयाँ थियो।
अघिल्लो दिन सुन तोलामा ११ हजार ६ सय घटेको थियो । तिहारपछि सुनको भाउ प्रतितोला १३ हजार ६ सय रुपैयाँ घटेको छ । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ हजार १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २ हजार ९८० रुपैयाँमा झरेको महासंघले जनाएको छ।



प्रतिक्रिया