आज बिहीबार सुनको भाउ स्थिर

आज बिहीबार सुनको भाउ स्थिर

काठमाडौं एक्सप्रेस

काठमाडौं ,। आज बिहीबार सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ  बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको सुनको मूल्य अघिल्लो दिन पनि सोही मूल्य तय भएको थियो ।

त्यस्तै चाँदीको भाउ १५ रुपैयाँ बढेर प्रतितोला २ हजार ९८० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

अमेरिकी केन्द्रीय बैंकले बुधबार मात्रै संघीय कोषको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको थियो । ब्याजदर कटौतीले सुनचाँदीको भाउ बढ्न दबाब पुग्छ ।

Logo