सुनको मूल्य तोलामा दुई हजार सात सय बढ्यो

सुनको मूल्य तोलामा दुई हजार सात सय बढ्यो

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । सुनको मूल्य प्रतितोला रू दुई हजार सात सय बढेको छ ।

बिहीबार प्रतितोला रू दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको रू दुई लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा रू ८० ले बढेर रू तीन हजार ६० पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Logo