काठमाडौ । शनिवार नागार्जुनका पुर्व उपाध्यक्ष कीर्तिशेष यादव थपलीयाको ४७औ जन्मदिन विशेष कार्यक्रम अन्तर्गत कात्तिक श्रृड॰खलामा वहॅाको उपन्यास, कविता, अन्तर्वार्ता बाल सिर्जना लगायतका ४ थान कृतिमाथि समालोचकीय परिचर्चा सम्पन्न गरियो । मृत्यु चुम्बन उपन्यासमाथि विश्व स्तरीय द्रुतवेगी छन्दमहारथी तथा स्थापित समालोचक/ साहित्यकार प्रमुख अतिथि प्राडा॰ रामप्रसाद ज्ञवाली , अन्य कृतिमाथि निवर्तमान अध्यक्ष साहित्यकार/ पत्रकार प्रकाश सिलवाल,साहित्यकार/ पत्रकार दीनदयाल रेग्मी, र प्रकाशक/ कवि रामदेव पाण्डेले परिचर्चा गर्नुभएको थियो । शनिवारको श्रष्टा विशेषमा यादव थपलीयाकै धर्मपत्नी गड॰गा थपलीयाले आफ्ना ४ थान कविता प्रस्तुत गर्नुभयो।
.jpg)
कार्यक्रमको सुरुवातमा यादव थपलीयाको फोटोमा माल्यर्पण गरी मौन धारण बाट सन्चालन भएपछि सबैको मुहारमा स्तव्धता छाएको थियो ।कार्यक्रम सन्चालक पत्रकार/ शसक्त कवि यसोदा अधिकारी , परिचर्चाकार प्रकाश सिलवाल र डा॰ ज्ञवालीले वहॅाको व्यक्तित्व र कृतित्व माथि स्मरण गर्दा उपस्थित साहित्यानुरागी सबैमा सन्नाटा छाएको थियो ।
.jpg)
—- नियमित मासिक कविता वाचन गरी स्थापित कवि पुर्ण विराम नगद पुरस्कार आल्फी फोहेन फाक्लुम्बाले रु १०००/ प्राप्त गर्नुभएको थियो भने शुसिला शर्मा, माधव अटल, शिवहरी पाण्डे, सॅस्थापक वैरागी जेठा, युवराज नास्तिक लगायतले यादव थपलीयाकृत कविता वाचन गरेर वहॅामाथि सम्मान व्यक्त गर्नुभएको थियो ।
.jpg)
—— त्यस्तै शुप्रभात काव्यगोष्ठी अन्तर्गत कवि नवराज उत्साही, गीतकार देबी पराजुली,कृष्णहरी भट्ट, शशी आचार्य लगायत आधा दर्जन कविले रचना वाचन गर्नुभयो । साथै कवि एवम् पत्रकार दिनेश खरेलले सो कार्यक्रमको भिडीयो रेकर्डिड॰ र छायाड॰कन गरेका थिए ।
— उक्त कार्यक्रमको अन्त्यमा प्रा॰डा॰ रामप्रसाद ज्ञवाली, परिचर्चाकारत्रय दीनदयाल रेग्मी, प्रकाश सिलवाल ,रामदेव पाण्डे र स्रष्टा विशेषकवि गड॰ गा थपलीयालाइ प्रमाणपत्र र खादा ओढाएर सम्मान गरिएको थियो ।
– कार्यक्रममा कवि पुर्ण विरामको कविता अन्य २ जना कविबाट वाचन गरिएपछि वहॅाको राष्ट्रिय योगदानको चर्चा प्रकाश सिलवाल, यसोदा अधिकारी, युवराज नास्तिक र प्रा॰ डा॰ रामप्रसाद ज्ञवालीबाट गरेर वहॅाप् विदेशमा भएपनि स्मरणीय र यादगार बनाईएको थियो ।
आजको गुणात्मक उपस्थिति यस प्रकार छ –
(१) अध्यक्ष – दिल पौडेल
(२) प्रमुख अतिथि – प्रा॰ डा ॰ रामप्रसाद ज्ञवाली
(३) परिचर्चाकार – दीनदयाल रेग्मी
(४) परिचर्चाकार – प्रकाश सिलवाल
(५) परिचर्चाकार – रामदेव पाण्डे
(६) कवि स्रष्टा विशेष – गड॰गा थपलीया
(७) उदघोषक – यशोदा अधिकारी
(८) महासचिव – युवराज नास्तिक
(९) प्राज्ञ – चेतनाथ धमला
(१०) सॅस्थापक/कवि – वैरागी जेठा
(११) कवि – शिवहरी पाण्डे
१२) कवि – शुसिला शर्मा
(१३) कवि – माधव अटल
(१४) कवि – देबी पराजुली
(१५) कवि – बलराम विष्ट
(१६) कवि – नबराज उत्साही
(१७) कवि – दिनेश खरेल
(१८) कवि – लीलाराज दहाल
(१९) कवि – शशी आचार्य
(२०) कवि – अमर अधिकारी
(२१) कवि – अाल्फी फोहेन फाक्लप्पा
(२२) कवि – विके अर्याल
२३) कवि – कृष्णहरी भट्ट
(२४) कवि- नवीन पल्लव
(२५) कवि – मोहन घिसिड॰
(२६) कवि – मोहन मैनाली
(२७) कवि – बिष्णुहरी घिमीरे
(२८) कवि – जानुका घिमीरे
(२९) कवि – भोजराज तिम्सिना
(३०) सुधा खरेल
३१) भरत मैनाली
३२) सागर खत्री
(३३) सरस्वती काफ्ले
(३४) अम्बिका काफ्ले
(३५) सरोजा चिमोरीया
(३६) शिलाष्मी थपलीया
(३७) तपष्मी थपलीया
— लगायत उपस्थित सबैमा हार्दिक आभार ।
.jpg)



प्रतिक्रिया