कार्तिक २० र २१ गते महालक्ष्मी नगरपालिकामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै

कार्तिक २० र २१ गते महालक्ष्मी नगरपालिकामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै

काठमाडौं एक्सप्रेस

ललितपुर — ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्तिक २० र २१ गते बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने भएको छ ।

देशव्यापी रुपमा सञ्चालन हुने राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार जारी गरेको सूचना अनुसार ६ महिना देखिका ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्ष देखिका ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि (अल्बेन्डाजोल) खुवाइने भएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार औषधि खुवाउने कार्य महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत सम्बन्धित बालबालिकाको घर नजिकै वा विद्यालय नजिक खुवाउने केन्द्र रहने छ । अभिभावकहरूलाई आफ्नो बालबालिकालाई निर्धारित मितिमा औषधि खुवाउन नगरपालिकाले अनुरोध समेत गरेको छ ।

 

Logo