डा. भट्टराईद्वारा विभिन्न राजनीतिक दलका नेतासंग छलफल

डा. भट्टराईद्वारा विभिन्न राजनीतिक दलका नेतासंग छलफल

काठमाडौं एक्सप्रेस

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई बिहीबार नेसपा (नयाँ शक्ति) को अध्यक्ष पद त्याग गरेको विषयमा पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुहुँदै । तस्बिरः विमलबहादुर बिष्ट/रासस

काठमाडौँ, । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न समूहसँग आज यहाँ छलफल गरेका छन् ।

जेनजी प्रदर्शनपछिको राजनीति र त्यसका मर्मअनुसार समग्र राजनीतिको पुनःगठनसहित वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि छलफल भएको बताइएको छ ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डिपी अर्याल, नेपाल समाजवादी नयाँ शक्तिका कार्यबाहक अध्यक्ष दुर्गा सोब, प्रगतिशील अभियानका नेताहरु जनार्दन शर्मा र सुदन किराँती, उज्यालो नेपाल अभियानलगायतका प्रतिनिधि सहभागी छन् ।

Logo