काठमाडौँ, । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका ९नासा० को अध्यक्षमा विद्या गुरुङ निर्वाचित भएको छ । संयुक्त राज्य अमेरिकाको एटलान्टामा सम्पन्न ३४औँ सम्मेलनबाट चार वर्षका लागि अध्यक्ष पक्षमा उनि निर्वाचित भएको हो ।
सम्मेलनमा जर्जिया, सियाटल, सिकागो, क्लोराडो, मेरिल्यान्ड, अलबमा, उत्तर तथा दक्षिण क्यारोलिना, फ्लोरिडा र वाशिङटन डिसीमा बसोबास गर्ने नेपालीको सहभागिता थियो ।
संस्था स्थापना भएको तीन दशकपछि नासाले पहिलोपटक महिला अध्यक्ष प्राप्त गरेको हो । नवनिर्वाचित अध्यक्ष गुरुङले यसअघि दुई कार्यकाल बोर्ड निर्देशक र महिला समितिको नेतृत्व सम्हाल्नु भइसकेको छ ।
अमेरिकामा बसोबास गर्दै आउनुभएकी समाजसेवी गुरुङले २५ वर्षसम्म नेपाली समुदायको हक, हित र नेपाली कला, संस्कृति क्षेत्रका प्रवद्र्धमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको छ । सन् १९९९ बाट नासामा संलग्न गुरुङले नेपाली समुदायसँग निरन्तर भेट्घाट सुखदुःखमा साथ र सहयोग दिँदै आएको समाजसेवी राजा घलेले राससलाई जानकारी दिएका हुन् ।
नेपाली साहित्य, संस्कृति र परम्पराको जगेर्नामा सक्रिय भूमिका निर्वाह गरकै कारण अध्यक्षजस्तो गरिमामय पदमा उहाँ निर्वाचित हुन सफलभएको बताइएको छ ।
त्यसैगरी नासाको कार्यकारी उपाध्यक्षमा डा दिलीप पन्थी ९नर्थ क्यारोलिना० उपाध्यक्षमा प्रणय लामा र महासचिवमा शिक्षा गौतम ९जर्जिया०, सहसचिवमा बिमला अधिकारी र कोषाध्यक्षमा पुरनराज खतिवडा ९नर्थ क्यारोलाइना० निर्वाचित भएको समाजसेवी घलेले जानकारी दिए।
अन्य १५ सदस्यीय कार्यकारी बोर्ड सदस्यमा राजेन्द्र न्यौपाने ९साउथ क्यारोलिना०, सुवास पोखरेल ९मेरिल्याण्ड०, डा शङ्कर पराजुली ९म्यासाचुसेटस्०, होम लम्साल ९नर्थ क्यारोलिना०, कल्पना भट्टराई ९जर्जिया०, कुसुम बराल ९साउथ क्यारोलिना०, गुरुप्रसाद ढुङ्गेल ९साउथ क्यारोलिना०, रमा पाहारी ९फ्लोरिडा०, रुबी बराल ९जर्जिया०, प्रतिभा खडका ९भर्जियना०, अभिराज राजवंशी ९साउथ क्यारोलिना०, निशान्त अर्याल, ९जर्जिया०, जयनारायण साह ९लुजिएना०, सङ्गीता मल्ल र पार्वती तिमल्सिना ९नर्थ क्यारोलाइना० निर्विरोध निर्वाचित भएको निर्वाचन आयुक्त एवं नासाका पूर्वअध्यक्ष बिमल नेपालले जानकारी दिए ।
नासाको ३४औँ सम्मलेनको उद्घाटन नेपालका लागि अमेरिकी राजदूत लोकदर्शन रेग्मीले गरेको थियो ।



प्रतिक्रिया