देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैनः जल तथा मौसम विज्ञान विभाग

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैनः जल तथा मौसम विज्ञान विभाग

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतयाः सफा रहनेछ ।

विभागद्वार आज यहाँ जारी मौसम बुलेटिनका अनुसार कोेशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने बुलेटिनमा उल्लेख छ ।

Logo