काठमाडौं – ललितपुरको महालक्ष्मी नगरपालिकाले अपाङ्गता परिचयपत्र वितरण कार्यलाई अझ सहज र पहुँचयोग्य बनाउन घरमै पुगेर वितरण गरिएको छ ।
आइतबार नगर उपप्रमुख लक्ष्मी महर्जनको उपस्थितिमा नगरपालिकाको अपाङ्गता परिचयपत्र वितरण सिफारिस समितिको टोलीले घरमै पुगेर परिचयपत्र वितरण गरेको हो ।
उक्त क्रममा वडा नं. १०, माने दोबानस्थित यञ्जन डाँडामा बस्ने ३७ वर्षीया सरिता कुमारी लामालाई सिफारिस समितिकि संयोजक समेत रहेकि नगर उपप्रमुख महर्जनले घरमै पुगेर अवस्था विश्लेषण गरी परिचयपत्र दिएकि थिइन् ।
नगर उपप्रमुख महर्जनका अनुसार घरमै पुगेर परिचयपत्र वितरण गर्ने कार्यले सेवाग्राहीलाई सुविधा र पहुँचमा सहयोग पु¥याउनेछ । उनले अपाङ्गता परिचयपत्र वितरणका क्रममा व्यक्तिको स्वास्थ्य अवस्था, अपाङ्गताको प्रकार र आवश्यकता अनुसार वर्गीकरण गरी सम्बन्धित प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको बताईन् ।



प्रतिक्रिया