विराटनगर, । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० को संयुक्त साझेदारीमा सञ्चालन भइरहेको दिगो पर्यटन परियोजना ९एसटिपी० ले राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे० सँगको सहकार्यमा निःशुल्क फोटो पत्रकारिता तालिम सुरु गरिएको हो ।
कोशी प्रदेशका १४ जिल्लाबाट प्रतिनिधित्व हुनेगरी हरेक जिल्लाबाट दुई जनाको दरले पर्यटन र फोटो पत्रकारितामा संलग्नहरुलाई फोटोमार्फत नेपालको सौन्दर्य, संस्कृति, र मानवीय पक्षलाई अभिव्यक्त गर्न सिकाउने उद्देश्यले आजदेखि तालिम सुरु भएको हो । तालिमको उद्घाटन सत्रमा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुशीला बरालले यस किसिमका प्रशिक्षणहरु विभिन्न चरणमा सातै प्रदेशमा दिइरहेको र सहभागीको क्षमता विकास र पर्यटन प्रवर्द्धनमा टेवा पुग्न विश्वास व्यक्त गरे।
त्यसैगरी राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले नेपाललाई अब लेन्सबाट संसारलाई देखाउन सकिएन भने पछि पर्ने उल्लेख गर्दै अब पर्यटन र फोटो पत्रकारितालाई सँगसँगै लैजान काम गरिरहेको बताए ।
तालिमको पहिलो सत्रमा नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलीपप्रकाश कार्कीले पर्यटन बोर्डको स्थापनाको उद्देश्य, पर्यटन पत्रकारिताको महत्व र यसका प्रक्रियाबारे जानकारी गराएका थिए ।



प्रतिक्रिया