ललितपुर, – महालक्ष्मी नगरपालिका र स्वास्थ्य बीमा बोर्डको सहकार्यमा इमाडोल स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना गरिएको छ ।
बुधबार इमाडोलमा आयोजित कार्यक्रममा नगर प्रमुख हरिगोविन्द श्रेष्ठ र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशकले सम्झौता पत्रमा हस्ताक्षर गर्दै केन्द्र स्थापना सम्बन्धी औपचारिक सम्झौता गरेका छन् ।
यो केन्द्र वडा नं. १, २, ३, ४, ५ र ६ लाई मध्यनजर गरी स्थापना गरिएको महालक्ष्मी नगर स्वास्थ्य शाखाले जनाएको छ । नवस्थापित स्वास्थ्य प्रवर्धन केन्द्रमा स्वास्थ्य बीमाको पहिलो सेवा बिन्दु समेत सञ्चालनमा आएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगाना, स्वास्थ्य शाखाका प्रमुख हिमलाल ज्ञवाली, जनस्वास्थ्य निरीक्षक भरत बोहरा, कर्मचारी तथा इमाडोल स्वास्थ्य प्रवर्धन केन्द्रका प्रतिनिधिहरूको समेत उपस्थिती रहेको थियो ।



प्रतिक्रिया