हत्यामा संलग्न चार जनालाई जन्मकैदको फैसला

हत्यामा संलग्न चार जनालाई जन्मकैदको फैसला

काठमाडौं एक्सप्रेस

दशरथचन्द बैतडी। पाटन नगरपालिका–६ का वीरभान बिष्टको हत्यामा संलग्नमध्ये चार जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।

बिष्टको हत्यामा संलग्नमध्ये चार जनालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतका सूचना अधिकारी रविराज जोशीले जानकारी दिए। हत्यामा संलग्न पाटन–६ की भागरथी बिष्ट, पाटन–६ कै ३८ वर्षीय भरतमोहन बिष्ट, पाटन–१ का १९ वर्षीय राजेन्द्र भट्टराई र पाटन–६ का २६ वर्षीय आशिष पहरीलाई जन्मकैदको फैसला सुनाइएको हो ।

यस्तै अर्का एक १८ वर्षमुनिका किशोरलाई १६ वर्षको कैद सजाय सुनाइएको सूचना अधिकारी जोशीले बताए । गाउँकै बुहारी नाता पर्ने भागरथीको घरमा २०८१ असार १ गते हत्या गरी राखेको र त्यसको दुई दिनपछि पाटन–पञ्चेश्वर सडकखण्डको घङाल खोलमा शव फालिएको थियो । असार ३ गते वीरभानको शव सो स्थानमा फेला परेको थियो । विसं २०८१ असार २३ गते भएको थुनछेक बहसमा हत्यामा संलग्न पाँचै जनालाई पुर्पपक्षका लागि कारागार चलान गरिएको थियो ।

Logo