काठमाडौं,। स्थानीय बजारमा सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
आइतबार भने एक तोला सुनको कारोबार २ लाख ४२ हजार ८ सयमा भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेको छ । यससँगै चाँदीको कारोबार प्रतितोला ३ हजार १५५ रुपैयाँमा भइरहेको छ ।



प्रतिक्रिया