मुस्लिम आयोगका पूर्व अध्यक्ष अन्सारीद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति खेद प्रकट

मुस्लिम आयोगका पूर्व अध्यक्ष अन्सारीद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति खेद प्रकट

काठमाडौं एक्सप्रेस

काठमाडौँ — मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीले प्रधानमन्त्रीले मुस्लिम समुदायबारे प्रयोग गरेको अभिव्यक्ति भ्रामक र आपत्तिजनक भएको भन्दै कडा विरोध गरेका छन्। उनले प्रधानमन्त्रीको उक्त शब्द चयनले केवल मुस्लिम समुदाय मात्र होइन, सिंगो नेपाली जनमानसलाई दुःखी र आक्रोशित बनाएको बताए।

अन्सारीले प्रधानमन्त्रीले मुस्लिम महिलालाई “जिउँदै गाडिने” जस्ता भ्रामक र विभाजनकारी अभिव्यक्ति प्रयोग गरेकाले यसप्रति तत्काल क्षमायाचना गर्दै फिर्ता लिनुपर्ने आग्रह गरेका छन्। “मानिसबाट गल्ती हुन्छ। तर देशको कार्यकारी पदमा बसेर यस्ता संवेदनशील समुदायलाई आहत पार्ने अभिव्यक्ति दिनु अत्यन्तै दुःखद छ,” अन्सारीले भने, “प्रधानमन्त्रीज्यूले जित छिटो आफ्नो अभिव्यक्ति फिर्ता लिएर गल्ती स्वीकार गर्नुपर्छ। यही बाटोले मात्र समाजमा विश्वास र आपसी सद्भाव कायम रहन्छ।”

अन्सारीले प्रधानमन्त्रीको शब्द चयनले धार्मिक सौहार्द र सामाजिक समावेशितामा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै यस्तो गलत बुझिने अभिव्यक्ति नदिने पर्नेमा जोड दिए। अन्सारीले पुनः प्रधानमन्त्रीलाई संवेदनशील विषयमा बोल्दा विशेष सावधानी अपनाउन, समुदायको भावना सम्मान गर्न र उत्पन्न असन्तोषको अवस्था चाँडो समाधान गर्न बलियो आग्रह गरेका छन्।

Logo