काठमाडौँ , । नेपालि बजारमा चाँदीको मूल्यमा नयाँ कीर्तिमानी कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदीको भाउ प्रतितोला ३५३५ रुपैयाँ कायम भएको छ, भने सुनको भाउ पनि प्रतितोला १४०० रुपैयाँले बढेर २ लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको छ । पहिलो पटक चाँदीको भाउ तोलामा ३५ सय रुपैयाँ नाघेको छ ।
अघिल्लो दिन प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ रहेको सुन आज २ लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै नेपाली बजारमा प्रभाव देखिएको महासंघले जनाएको छ ।



प्रतिक्रिया