भोजपुर, । समाज निर्माणमा जीवनभर पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४ नागीका ३० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
सोमबार यहाँ आयोजित एक कार्यक्रममा १०३ वर्षीय इन्द्रबहादुर राईसहित ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । त्यस अवसरमा उनीहरूलाई वडा कार्यालयले सम्मानपत्र र न्याना कपडा पनि प्रदान गरेको थियोे ।
कार्यक्रममा कोशी प्रदेशका सांसद विनोद वान्तवाले ज्येष्ठ नागरिकको स्याहारसुसार, स्वास्थ्योपचार, सुरक्षा तथा अधिकार संरक्षणमा सबै तहका निकायले गम्भीर हुनुपर्ने बताए ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले ज्येष्ठ नागरिक राष्ट्रका गौरव भएकाले भावी पुस्तालाई संस्कार सिकाउन पनि कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे । वडाध्यक्ष हर्कराज राईले ज्येष्ठ नागरिकको सम्मान गर्नु वडाका साथै वडावासीको कर्तव्य हो भने ।
सम्मानितहरूका तर्फबाट मन्तव्य व्यक्त गर्दै लुङ्गिनका बोमप्रसाद राईले आफूहरूको श्रमको सम्मान गरेकामा वडाप्रति कृतज्ञता ज्ञापन गरे ।



प्रतिक्रिया