टक्सार (भोजपुर) । यहाँको हतुवागढी गाउँपालिका–६ होम्ताङमा आज एम्बुलेन्स दुर्घटना भएको छ ।
दुर्घटनामा चालक सञ्जीव राई र स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका छन् । प्रदेश १– ०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो ।
बिरामीलाई होम्ताङ पुर्याएर घोडेटार फर्किनेक्रममा बिहान करिब पौने दश बजेको समयमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ । घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारमा पठाउने तयारी भइरहेको वडाध्यक्ष सुरेशकुमार राईले जानकारी दिए ।



प्रतिक्रिया