काठमाडौँ , । स्थानिय बजारमा सुनको मूल्य आज ७०० ले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलाको दुई लाख ५२ हजार ९ सय रुपैयाँ कायम भएको छ।
गएको बिहीबार, शुक्रबार र आइतबार लगातार घटेको सुनको मूल्य आज बढेको हो । बिहीबार आठसय त्यसैगरि शुक्रबार नौसय रुपैयाँ र आइतबार सुनको मूल्य प्रतितोला दुईसय रुपैयाँले घटेको थियो ।
आज चाँदीको मूल्य भने केही घटेको छ। चाँदीको मुल्य प्रतितोला २० रुपैयाँ घटेर तोलाको तीन हजार पाँचसय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।



प्रतिक्रिया