प्रतितोला १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं एक्सप्रेस

काठमाडौं , । आज मंगलबार सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ । यस दिन सुन तोलामा १ हजार रुपैयाँले घटेर दुई लाख ५१ हजार नौँ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला दुई लाख ५२ हजार ९०० रुपैयाँमा कायम भएको थियो ।

त्यस्तै, चाँदी भने प्रतितोला १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन तीन हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तीन हजार ६ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Logo