काठमाडौँ । बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनभन्दा २०० रुपैयाँ बढी हो।
मंगलबार सुनको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँ थियो।
चाँदीको मूल्यमा भने भारी वृद्धि भएको छ। मंगलबार प्रतितोला ३,६०० रुपैयाँ रहेको चाँदी बुधबार ३,७५० रुपैयाँ पुगेको हो।



प्रतिक्रिया