रहेनन् मूर्तिकार बालकृष्ण तुलाधर

रहेनन् मूर्तिकार बालकृष्ण तुलाधर

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । मूर्धन्य मूर्तिकार बालकृष्ण तुलाधरको ९१ वर्षको उमेरमा आज निधन भएको छ । सहिदगेटमा स्थापित राजा त्रिभुवनको शालिकलगायत सहिद गङ्गालाल, दशरथचन्द, धर्मभक्त र शुक्रराजको शालिक तथा त्यहाँ रहेका चारवटा तस्बिर उनका सिर्जना हुन् ।

त्यसैगरी, टुँडिखेलको सैनिक मञ्चमा रहेका छ जना सिपाहीको शालिक, बनेपा चौबाटोमा रहेको त्रिभुवनको शालिक, शोभाभगवतीमा रहेको अर्धकदको गणेशमान सिंहको शालिक तथा त्रिमूर्ति ९लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल र वालकृष्ण सम०का शालिक उनका कलाकारिताका नमूना हुन् । विसं १९९२ मा काठमाडौँको यट्खा टोलमा जन्मनुभएका तुलाधरका चार छोरा र तीन छोरी छन् ।

Logo