एमाले महाधिवेशनः मतगणना सुरु

एमाले महाधिवेशनः मतगणना सुरु

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना सुरु भएको छ ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा १०ः०० बजेदेखि मतगणना सुरु भएको केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनले मतगणना सुरु भएको तीन घण्टामा मतपरिणाम सार्वजनिक हुने बताए ।

आज बिहान सम्पन्न मतदानमा दुई हजार २२७ जनाले मतदान गरेको र ३६ प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता रहेका थिए ।

एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहानदेखि सुरू भएको मतदान आज बिहान ७ः०० बजे सम्पन्न भएको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएका थिए ।

Logo