भैरहवाको उडान नहुँदा रवि लामिछाने भरतपुर हुँदै लैजाने तयारी

भैरहवाको उडान नहुँदा रवि लामिछाने भरतपुर हुँदै लैजाने तयारी

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा लैजान ढिलाइ भएको छ। भैरहवाका लागि तय गरिएको उडान खराब मौसमका कारण रद्द भएपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समय प्रतिक्षा गरिनु परेको हो।

रास्वपा नेता गणेश पराजुलीका अनुसार मौसम प्रतिकूलताका कारण अब रविलाई भैरहवाको सट्टा भरतपुर विमानस्थलसम्म हवाई मार्गबाट लैजाने तयारी गरिएको छ। भरतपुर पुगेपछि उनलाई सवारी साधनमार्फत भैरहवा पुर्‍याइने उनले जानकारी दिए।

रुपन्देही जिल्ला अदालतमा आवश्यक कागजी प्रक्रिया पूरा भएपछि मात्र रवि लामिछाने रिहा हुने बताइएको छ। मौसमजन्य अवरोधका कारण कार्यक्रम तालिका प्रभावित भए पनि कानुनी प्रक्रिया निर्धारित मापदण्डअनुसार अघि बढाइने सम्बन्धित पक्षले जनाएको छ।

Logo