काठमाडौँ, । राष्ट्रिय समाचार समिति ९रासस०का कार्यालय सहयोगी राजीनन साह ५८ वर्षे उमेरहदका कारण रासस सेवाबाट निवृत्त भएका छन् । विसं २०५१ भदौ १९ गते सेवा प्रवेश गरेका उनी गत मङ्सिर मसान्तदेखि अवकाश पाएका हुन् ।
रासस केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा राससकर्मी साहको औपचारिक रुपमा बिदाइ गरियो । त्यस अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले अवकाशपछि जीवनलाई सहज र सिर्जनशील बनाउनेतर्फ नयाँ पाइला अघि बढाउन आग्रह गरे ।
“मानिसले जीवनको प्रत्येक क्षणको चुनौतीको सामना गर्न तयार हुनुपर्छ”, उनले भने, “सेवामा रहँदाको सिकाइ र अनुभवका आधारमा अवकाशपछि यात्रालाई सफल तुल्याउनुपर्छ ।”
राससका महाप्रबन्धक सन्दीप राईले जीवन्त संस्थामा नयाँ कर्मचारीको आगमन र पूरानाको बिदाइ स्वभाविक प्रक्रियाका रुपमा लिनुपर्ने बताए । “अवकाश भनेको विश्राम होइन, अर्को यात्राको सुरुआत हो, यसलाई अधिकतम् सदुपयोग गर्नुपर्छ ।”
अवकाशप्राप्त राससकर्मी साहले सेवामा रहँदा भए÷गरेको तीतामीठा अनुभव प्राप्त गर्नु स्वभाविक भएकाले नराम्रा पक्षलाई बिर्सनुपर्ने धारणा राखे । त्यस अवसरमा रासस केन्द्रीय कार्यालय, नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, रासस कर्मचारी युनियन र रासस कर्मचारी सङ्घका तर्फबाट संयुक्तरुपमा मायाको चिनो प्रदान गरिएको थियो ।



प्रतिक्रिया