काठमाडौं, । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार ) सुन प्रतितोला १३ सय रुपैयाँ बढेर हालसम्मकै महँगोमा कारोबार भएको हो । यस दिन तोलाको दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार पनि सुन तोलामै १८ सय रुपैयाँ बढेर दुई लाख ६९ हजार ३०० रुपैयाँ कायम भएको थियो । त्यसैगरी, चाँदीको मूल्य तोलाको चार हजार ८३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । शुक्रबार भने चार हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया