काठमाडौँ, । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय एकता, आपसी सद्भाव र समृद्ध नेपालको साझा सङ्कल्पलाई अझ सुदृढ बनाओस् भन्ने कामना व्यक्त गरेका छन् ।
पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले राष्ट्रनिर्माता शाहले मुलुकको एकीकरण प्रक्रियामा पुर्याएको योगदानको उच्च मूल्याङ्कनसहित उनप्रति सम्मान व्यक्त गरेका छन् ।
उनले सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।
“स–साना राज्यलाई एकीकरण गरी स्वतन्त्र, सार्वभौम र स्वाभिमानी नेपालको जग बसाल्ने पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्व, राष्ट्रप्रेम र एकताको भावना आज पनि हामी सबैका लागि प्रेरणाको स्रोत हो”, सन्देशमा भनिएको छ, “उनका विचार र दिव्योपदेशले राष्ट्रिय एकता, आत्मनिर्भरता र देशहितलाई सधैँ मार्गदर्शन गरिरहने छन् ।”



प्रतिक्रिया