अध्यक्ष ओलीको निर्वाचन परिचालन संयोजकमा दाहाल

अध्यक्ष ओलीको निर्वाचन परिचालन संयोजकमा दाहाल

काठमाडौं एक्सप्रेस

उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठक काठमाडौँ, १ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार भएको प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा भएको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठक । बैठकमा औचित्य नदेखिएका सरकारी संस्था खारेजी, गाभ्ने वा प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने विषयमा छलफल भएको छ । बैठकले यसअघिका विभिन्न आयोग–कार्यदलले दिएका सुझाव प्रतिवेदनका आधारमा खारेजी, गाभ्ने र हस्तान्तरण हुन सिफारिस भएका सरकारी निकायबारे विस्तृत अध्ययन गरी ठोस प्रस्ताव ल्याउन आयोगको कार्यान्वयन समितिलाई जिम्मेवारी दिएको छ। सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

झापा, । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक र सहसंयोजक तोकिएका छन् । संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री देवेन्द्र दाहाल तथा सहसंयोजकमा नेताद्वय दीपक कार्की र मेनुका काफ्ले तोकिएका छन् ।

यसै सन्दर्भमा सहसंयोजक एवम् एमालेका केन्द्रीय सदस्य कार्कीले झापाको गौरादहमा आज आयोजित निर्वाचन क्षेत्र नं ५ समन्वय कमिटीको बैठकले ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको जानकारी दिए । परिचालन कमिटी मातहत रहने गरी नौवटा उपसमिति गठन गरिएको छ । सहसंयोजक कार्कीका अनुसार कमिटीमा निर्वाचन क्षेत्रमा घर भएका पार्टीका केन्द्रीय कमिटी सदस्य, केन्द्रीय आयोग तथा केन्द्रीय विभाग ९वर्तमान र निर्वतमान० सम्बद्ध नेताहरूलाई समेटिएको छ ।

यसैगरी जिल्ला कमिटीका पदाधिकारी, विभागीय सदस्य, सल्लाहकार परिषद्का सदस्यहरु पनि निर्वाचन परिचालन कमिटीमा समेटिएका छन् । त्यस्तै स्थानीय र प्रदेशका निर्वाचित जनप्रतिनिधि, जनसङ्गठनका केन्द्रीय, प्रदेशका पालिका कमिटीका पदाधिकारीसहित सदस्यहरू र क्षेत्रीय एवम् प्रदेश समन्वय कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन परिचालन कमिटीमा समावेश गरिएको छ ।

Logo