सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा

सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा

काठमाडौं एक्सप्रेस

सिरहा, । सिराहामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको रौनक बढेको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका र मन्त्री भइसकेका नौ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

विशेषगरी सिरहा क्षेत्र नं ४ मा पूर्वमन्त्रीहरूको बाक्लो उपस्थितिले यस क्षेत्रलाई सबैको चासोको केन्द्र बनाएको छ । सिरहा निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीकातर्फबाट पूर्वसामान्य प्रशासनमन्त्री रामचन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का तर्फबाट निवर्तमान युवा तथा खेलकुदमन्त्री रहनुभएका बब्लु गुप्ताबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

त्यसैगरी क्षेत्र नं ३ मा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बाट पूर्वकानुनमन्त्री लीलानाथ श्रेष्ठ र नेकपाबाट पूर्वशान्ति तथा पुनःनिर्माणमन्त्री विश्वनाथ साह चुनावी मैदानमा छन् । उनीहरु दुई पुराना र अनुभवी नेता भएकाले पनि उनीहरुबीचको प्रतिस्पर्धाले यहाँको चुनावी माहोललाई थप तताएको छ ।

सिरहा क्षेत्र नं ४ मा भने पाँच जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् । यहाँ जनता समाजवादी पार्टी ९जसपा० नेपालबाट पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादव, नेकपाबाट पूर्वन्याय तथा कानुनमन्त्री अजयशङ्कर नायक, र नेकपा ९एमाले०बाट पूर्वसामान्य प्रशासनमन्त्री धर्मनाथप्रसाद साह मुख्य प्रतिस्पर्धीका रूपमा छन् ।

यसका साथै, जनमत पार्टीकातर्फबाट पूर्ववन तथा वातावरणमन्त्री वीरेन्द्र महतो र बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्वविज्ञान तथा प्रविधिमन्त्री विश्वेन्द्र पासवान पनि यसै क्षेत्रबाट प्रतिस्पर्धामा छन् ।

पुरानै र पटकपटक मन्त्री भइसकेका नेताको बाहुल्यता रहेको यस क्षेत्रमा नेपाली कांग्रेसले भने नयाँ अनुहारका रूपमा चन्द्रकला देवी यादवलाई अगाडि सारेको छ । त्यस्तै, यसै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले तपेश्वर यादवलाई आफ्नो उम्मेदवार बनाएको छ ।

Logo