पत्रकार दिनेश सिटौलाको निधन

पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं एक्सप्रेस

काठमाडौं- पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ।

ग्रान्डि इन्टरनेशनल हस्पिटलका अनुसार ४५ वर्षीय सिटौलाको आइतबार दिउँसो १२:४५ बजे निधन भएको हो ।

सिटौला रास्वापको चुनावी अभियानका क्रममा सहभागी भइरहेका बेला अचानक बेहोस भएका थिए। तत्काल उद्धार गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याइ अस्पताल भर्ना गरिएको थियो।

अस्पताल स्रोतका अनुसार उनी अस्पतालको इमर्जेन्सी कक्षमा ल्याउँदा अचेत अवस्थामा थिए। उपचारका लागि उनलाई तत्काल आईसीयूमा राखी क्रिटिकल केयर तथा न्युरोसर्जरी टोलीले संयुक्त रूपमा उपचार थालेको थियो।

उपचारकै क्रममा उनको अवस्था जटिल बन्दै गएको र न्युरोलोजिकल अवस्थामा सुधार नआएको अस्पतालले जनाएको छ। चिकित्सकीय प्रोटोकल अनुसार गरिएको एप्निया परीक्षण ‘पोजिटिभ’ आएपछि मस्तिष्कको कार्यक्षमता समाप्त भएको पुष्टि भएको थियो।

Logo