तोलामा १३ हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा १३ हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं एक्सप्रेस

काठमाडौं, । नेपाली बजारमा सुनको मूल्यमा गिरावट जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (माघ १९) तोलामा १३ हजार ४०० रुपैयाँले घटेको छ ।

आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार (माघ १८) सुनको मूल्य तीन लाख रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेर पाँच हजार २०० रुपैयाँमा किनबेच हुँदैछ । हिजो पाँच हजार ५०० रुपैयाँ थियो ।

Logo