काठमाडौँ, । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रको आधिकारिक समाचार संस्थाका रूपमा स्थापित राष्ट्रिय समाचार समिति ९रासस०ले लोकतान्त्रिक प्रतिस्पर्धाको युगमा सोहीअनुरुप आफूलाई क्रियाशील राखेको बताएका छन् ।
राससका पदाधिकारीहरुले आज उनसँग गरेको भेटवार्तामा कार्यवाहक राष्ट्रपतिसमेत रहेका उपराष्ट्रपति यादवले सत्यतथ्यपूर्ण, विश्वसनीय, आधिकारिक र भरपर्दो सूचना तथा समाचार प्रवाह गरी जनतालाई सुसूचित गराउने जिम्मेवारी राससको रहेको बताए ।
उपराष्ट्रपति यादवले समय परिवर्तनसँगै राससको दायित्व र भूमिका अझै बढेको बताउँदै परिवर्तित सन्दर्भमा विश्वसनीय समाचारको प्रमुख स्रोतका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । उनले सङ्घीयता कार्यान्वयन र समावेशीतालाई उच्च महत्व दिँदै राससले आफ्नो सेवाहरूलाई समयसापेक्ष परिमार्जन र विविधीकरण गर्दै लगेकामा खुसी व्यक्त गरे ।
सो अवसरमा उपराष्ट्रपति यादवले राससले पछिल्लो समय कार्यान्वयनमा ल्याएका सेवाहरुबारे जानकारी लिएको थियो । भेटमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सन्दीप राई, सञ्चालक समिति सदस्य कृष्ण अधिकारी र प्रशासन प्रमुख शीतलप्रसाद महतो सहभागी थिए ।



प्रतिक्रिया