सुनको मूल्य पुग्यो ३ लाख ४ हजार ६००

सुनको मूल्य पुग्यो ३ लाख ४ हजार ६००

काठमाडौं एक्सप्रेस

काठमाडौं, । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य ४१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजको मूल्यअनुसार सुन प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार (माघ २५) मा सुनको मूल्य प्रतितोला तीन लाख ५०० रुपैयाँ थियो ।

त्यसैगरी, चाँदी तोलामा २४० रुपैयाँले बढेर प्रतितोला पाँच हजार २५० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन भने पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

Logo