ताप्लेजुङ, । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन आज यहाँ आइपुगेका छन् ।
आजै बिहान उनले पाथीभरा माताको पूजाअर्चना गरेका छन्। पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले “फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु”, सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम छ ।



प्रतिक्रिया