राससमा ‘फोटो क्याप्सन’ लेखन कार्यशाला

राससमा ‘फोटो क्याप्सन’ लेखन कार्यशाला

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । राष्ट्रिय समाचार समिति ९रासस० को ६५ औँ वार्षिकोत्वसका अवसरमा राससका पत्रकार, फोटो पत्रकार र फोटो सम्पादकका लागि आज क्याप्सन लेखन कार्यशाला गरियो ।

रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यशालामा राससका उच्च व्यवस्थापक, सम्पादकीय नेतृत्व र विज्ञ तथा राससका पत्रकार, फोटो पत्रकार र फोटो सम्पादकबीच विद्यमान अभ्यास, प्रयोग र क्याप्सन लेखनका समस्याबारे विमर्श भएको थियो ।

कार्यशालाको उद्घाटनसत्रमा राससका अध्यक्ष धर्मेन्द्र झाले फोटो खिच्नु जति महत्वपूर्ण हुन्छ त्यसको वर्णन पनि उत्तिकै महत्वपूर्ण हुने बताए । महाप्रबन्धक सन्दीप राईले फोटोलाई क्याप्सनले पूर्ण बनाउने भएकाले कार्यशालाले रासस पत्रकारलाई मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे ।

कार्यशालाका विज्ञ सहजकर्ता वरिष्ठ फोटो पत्रकार विकास रौनियारले फोटो खिच्दा तस्बिरले आफै कथा भन्नसक्ने हुनुपर्ने र तथ्यगत विवरणहरु पनि सङ्कलन गरेर छरितो क्याप्सन लेख्न सुझाए । फोटो पत्रकारले सार्वजनिक महत्वका विषयमा फोटो खिच्दा अनुमति लिन नपर्ने तर सामाजिक मर्यादा र राष्ट्रिय हितका विषयमा संवेदनशील हुनुपर्नेमा जोड दिए ।

राससका समाचारशाखा प्रमुख सोमनाथ लामिछाने र उपप्रमुख एकराज पाठक, प्रधानसम्पादक उत्तम सिल्वाल, प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने, फोटो सम्पादन शाखा प्रमुख युद्धकुमारी खड्का, राससका फोटो पत्रकार संयोजक रत्नकृष्ण श्रेष्ठलगायत सहभागीले आफ्ना अनुभव सुनाएका थिए ।

Logo