आज राससको ६५ औँ वार्षिकोत्सव

आज राससको ६५ औँ वार्षिकोत्सव

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । मुलुकको एकमात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति ९रासस०ले आज स्थापनाको ६५ औँ वार्षिकोत्सव मनाउँदैछ ।

विसं २०१८ फागुन ७ गते निजी क्षेत्रका दुई समाचार समिति नेपाल संवाद समिति र सगरमाथा संवाद समिति एकापसमा गाभिएर रासस स्थापना भएको हो ।

राससले नेपाली, अङ्ग्रेजी, अन्तरराष्ट्रिय, फोटो, श्रव्यदृष्य, मातृभाषा समाचार सेवालाई अविच्छिन्न रुपमा उत्पादन र सम्प्रेषण गर्दै आएको छ । हाल चौबिसै घण्टा नेपाली समाचार सेवा सञ्चालित छ ।

वार्षिकोत्सवसमा अवसरमा आज उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा विशेष समारोहको आयोजना हुँँदैछ । यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत विशिष्ट व्यक्तिले राससको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

Logo