देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छः अध्यक्ष ओली

देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छः अध्यक्ष ओली

काठमाडौं एक्सप्रेस

उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठक काठमाडौँ, १ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार भएको प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा भएको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठक । बैठकमा औचित्य नदेखिएका सरकारी संस्था खारेजी, गाभ्ने वा प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने विषयमा छलफल भएको छ । बैठकले यसअघिका विभिन्न आयोग–कार्यदलले दिएका सुझाव प्रतिवेदनका आधारमा खारेजी, गाभ्ने र हस्तान्तरण हुन सिफारिस भएका सरकारी निकायबारे विस्तृत अध्ययन गरी ठोस प्रस्ताव ल्याउन आयोगको कार्यान्वयन समितिलाई जिम्मेवारी दिएको छ। सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उनले देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिने बताएका छन् ।

पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा आज उहाँले आगामी निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष भएको बताए । उनले भने, “आगो र उज्यालो दुवै मिलेर मात्र यो देशको भविष्य उज्ज्वल हुन्छ । हाम्रो राजनीति सबै पुस्तालाई जोड्ने, मिलाउने, साथ लिएर हिँड्ने हो ।”

अध्यक्ष ओलीले घोषणा पत्रमा तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा, र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेको उल्लेख गरे । “निर्वाचनपछि बन्ने सरकारको पहिलो मन्त्रीपरिषद् बैठकबाटै निर्णय गरेर समयसीमा तोकी तत्काल गर्ने ११ काम अघि बढाउने छौं,” उनले भने ।

अध्यक्ष ओलीले भदौ २४ गतेको महाविनाश अप्रत्यासित घटना नभई नेपाल राष्ट्रको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध आक्रमण रहेको बताए ।

Logo