लोकतन्त्रका पक्षमा राससको योगदान अतुलनीय छः कार्यकारी अध्यक्ष झा

लोकतन्त्रका पक्षमा राससको योगदान अतुलनीय छः कार्यकारी अध्यक्ष झा

काठमाडौं एक्सप्रेस

??????????????

काठमाडौँ, । राष्ट्रिय समाचार समिति ९रासस०का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सदैव सत्यतथ्य, निष्पक्ष र आधिकारिक समाचार सामग्री सम्प्रेषण गरी मुलुक र लोकतन्त्रका पक्षमा राससले अतुलनीय भूमिका निर्वाह गरेको बताएका छन् ।

राससको ६५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा कार्यकारी अध्यक्ष झाले संस्थालाई प्राप्त जिम्मेवारी पूरा गर्ने क्रममा अहोरात्र खटिरहेको राससको भूमिका परिवर्तित सन्दर्भमा अझै बढेको बताए ।

उनले आधिकारिक र विश्वसनीय सूचनाबिना लोकतन्त्र अघि बढ्न नसक्ने उल्लेख गर्दै लोकतन्त्रलाई जनताको घरदैलोमा अनुभूत गराउने संस्थाका रूपमा राससको जन्म भएको हो, त्यसैले बदलिँदो सञ्चार परिवेशसँगै पुरातन ऐन, कानुनसहित संस्थाको संरचना र नीति तथा कार्यक्रमसमेत परिवर्तन हुनुपर्नेमा जोड दिए ।

नयाँ युगसँगै राससलाई अघि बढाउन नीतिगत परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले राससको सामथ्र्यलाई अझ विस्तार गर्न सामाजिक सञ्जालको आत्मसात् गर्नुपर्ने उनको भनाइ थियो । कार्यकारी अध्यक्ष झाले अब समाचार सम्प्रेषण केवल ‘न्यूज लाइन’ प्रविधिबाट प्रभावकारी नहुने भन्दै सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोगमा राससको ध्यान केन्द्रित हुनुपर्ने समय आएको बताए ।

सत्यतथ्य र आधिकारिक सूचना प्रवाहमा एक रुपता ल्याउन राससले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्दैै कार्यकारी अध्यक्ष झाले लोकतन्त्रलाई सुदृढ तुल्याउन प्रेस बलियो हुनुपर्नेमा जोड दिनुभयो ।

राससले आफ्नो समाचार सेवालाई विविधीकरण र व्यावसायिकीकरण गर्ने क्रममा अवधी, मैथिली र नेपाल भाषामा समाचार सेवा सञ्चालनसहित नेपाली समाचार सेवा २४सै घण्टा सम्प्रेषण गरेको उनले जानकारी दिए । कार्यकारी अध्यक्ष झाले मातृभाषामा सञ्चालन गरिएको समाचार सेवा क्रमशः विस्तार गर्ने र राससबाट सम्प्रेषित अन्य सेवालाई पनि २४सै घण्टामा लैजाने सोच रहेको बताए ।

स्थापनाको ६५ वर्षको इतिहासमा राससले अनेकौँ उतारचढाव व्यहोरेको चर्चा गर्दै कार्यकारी अध्यक्ष झाले आफ्नो करिब चार वर्षको पछिल्लो अनुभवबाट ‘नेपाली मिडिया’मा राससको असीमित सम्भावना रहेको पुष्टि भएको बताए ।

“हामीले परीक्षणका रूपमा ‘पोडकास्ट’ सेवा सुरु गरेका छौँ । अब नयाँ सम्भावनाको खोजीमा रासस जानुपर्छ,” उनले भने । रासस अझै पुराना ऐन, नियम विनियमावली र निर्देशिकाबाट सञ्चालित भइरहेको उल्लेख गर्दै उनले नयाँ युगलाई स्वीकार गर्ने गरी ५० वर्षका लागि दीर्घकालीन प्रकृतिको नीतिगत परिवर्तन गर्नुपर्ने बताए ।

कार्यकारी अध्यक्ष झाले पत्रकारहरूको पेसागत तथा भौतिक सुरक्षाका सन्दर्भमा राज्यसहित आमसञ्चार क्षेत्रमा गहन ढङ्गबाट बहस तथा छलफल हुनुपर्ने समय आएको उल्लेख गर्दै सरोकारवाला भएका सबैको सहयोगमा रासस र राससकर्मीका पक्षमा यथासक्य काम गरेको बताए ।

उनले मिथ्या सूचनाको बाढीले मुलुक र लोकतन्त्रलाई कमजोर बनाउन लागेको विद्यमान अवस्थामा मिथ्या र अफवाह सूचनाका कारण हुने क्षति न्यूनीकरण तथा नियन्त्रणका लागि राससको भूमिका अझै बढेको छ भने ।

Logo