तोलामा ३२ सय रुपैयाँले बढ्यो सुन

तोलामा ३२ सय रुपैयाँले बढ्यो सुन

काठमाडौं एक्सप्रेस

काठमाडौंं, । आज (सोमबार) पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३२ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन प्रतितोला ५६ सयले बढेर तीन लाख १० हजार ३०० रुपैयाँ कायम भएको थियो । आजको उपभोक्ताले एक तोला सुन किन्न तीन लाख १३ हजार ५०० रुपैयाँ खर्चिनुपर्ने हुन्छ ।

स्तै, चाँदीको भाउ तोलामा १७० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ५९५ रुपैयाँ पुगेको छ ।

Logo