नेप्से परिसूचकमा सामान्य सुधार

नेप्से परिसूचकमा सामान्य सुधार

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा समान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४१ अङ्कले बढेर दुई हजार ६१६ दशमलव ९७ को बिन्दुमा कायम भएको छ ।

आज ३२९ कम्पनीको एक करोड २६ लाख २१ हजार १८८ कित्ता शेयर ५६ हजार ३४८ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४६ बराबरको कारोबार भएको छ ।

बैङ्किङ शून्य दशमलव २८, विकास बैङ्क शून्य दशमलव ९०, वित्त शून्य दशमलव ५६, लगानी शून्य दशमलव ३७, जीवन बीमा शून्य दशमलव ०७ र अन्य समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ ।

होटल तथा पर्यटन शून्य दशमलव ३५, जलविद्युत् शून्य दशमलव २३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०६, लघुवित्त शून्य दशमलव ०७, म्युचुअल फन्ड शून्य दशमलव ४१, निर्जीवन बीमा शून्य दशमलव २२ र व्यापार समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छ ।

Logo