ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह

काठमाडौं एक्सप्रेस

काठमाडौँ, १० फागुनः गृहमन्त्री ओमप्रकाश अर्याल आइतबार राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालयमा रासससँग कुराकानी गर्नुहुँदै। तस्बिरः रत्न श्रेष्ठ÷रासस

काठमाडौँ, । गृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् । आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ्गा पुग्नुभएका मन्त्री अर्यालले त्यहाँका जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृतलगायत सरोकार भएकाहरुलाई शान्तिसुरक्षाको व्यवस्था सुदृढ बनाइएकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन् ।

कानुन विपरीतका गतिविधि गर्नेलाई कानुनको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री अर्यालले निर्वाचनलाई निष्पक्ष बनाउनुपर्नेमा जोड दिए । समाजका सबै वर्गले धार्मिक एवं सामाजिक सद्भाव कायम गर्न आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने उनले बताए ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए । ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रान्तिले जिल्लाको समग्र शान्तिसुरक्षाको स्थितिबारे जानकारी गराएका थिए ।

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले राजनीतिक दलका नेताहरुसँग समन्वयका साथ जिल्ला निर्वाचन कार्यालयले काम गरिरहेको बताए ।

Logo