जलेश्वर (महोत्तरी), । जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि कुटपिट भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार जलेश्वर नगरपालिका–७ मा अज्ञात समूहले उनीमाथि निर्घात कुटपिट गरेको हो । घटना गए रातिको हो ।
स्वतन्त्र उम्मेदवार कापरको छाती, पिठ्यु तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । हाल उनको जनकपुरमा उपचार भइरहेको छ ।
आक्रमणमा परेपछि उनले सहयोगका लागि प्रहरी–प्रशासनमा खबर गर्नुभएको र आफूहरुले तत्काल उनलाई उद्धार गरी अस्पताल पठाएको प्रहरी उपरीक्षक शर्माले राससलाई बताए । घटनास्थलमा प्रहरी पुगेपछि भागेका आक्रमणकारीहरुको खोजी जारी छ ।



प्रतिक्रिया